काठमाडौं । निषेधित क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागी हुनुअगावै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई प्रहरीले पक्राउ गरेपछि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ ।
नेताहरू पक्राउ परेसँगै आन्दोलन स्थगित गरेर राप्रपाले अहिले दिउँसो ४ बजे बस्ने गरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी पसिसर काठमाडौंमा राखेको छ ।
FACEBOOK COMMENTS