काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँ महानगरपालिकाका सडकमा फोहर तथा बिरुवामा क्षति गरेको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
सोहीअनुसार सोमबार राप्रपा सासंद ज्ञानेन्द्रबहादुर शाहीले महानगर प्रहरी टोलीलाई भेटेर जरिवाना बुझाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा राप्रपाले सुशासन र विधिको पालना गरी जरिवाना रकम तिरेको जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुबा, दाजुभाइ, बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगरपालिकाको निर्णयलाई हामी स्विकार्दछौँ । १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ ।’
FACEBOOK COMMENTS