काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा पेश गरिएको विवरणमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले कात्तिकको मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताए । असोजसम्म मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत रहेको र यो गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत विन्दु कम भएको उनले बताए ।
यो कात्तिकमा अझै सुधार हुने उनको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS