काठमाडौं । एसजी ग्रुपअन्तर्गतको ओम मोटोकर्प प्रालिले इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्डका दुईपाङ्ग्रे सवारी नेपालमा भित्र्याएको छ ।
तारो ब्राण्डका ‘इमोला१५० एलेक्स’ र ‘टी९१५०’ मोडलका स्कूटर तथा ‘जीपी२ २००’, जीपी१ २५० एसआर’ र जीपी१ ३८०’ मोडलका मोटरसाइकल नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ । नक्सालको नारायणचौर चोकमा कर्पाेरेट शोरुमको स्थापना गरी कम्पनीले उक्त मोटरसाइकल तथा स्कूटरको विक्रीवितरण थालिसकेको जानकारी पनि दिएको छ ।
त्यस्तै कम्पनीले काठमाडौंको भत्केकोपुल र रातोपुलको कोरीडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निमार्ण अन्तिम चरणमा पुर्याएको जनाएको छ । साथै टेकुस्थित बाइकर्स मोटर्सले पनि कम्पनीको आधिकारिक विक्री केन्द्र लिएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै कम्पनीले उपत्यकाबाहिरका मुख्य मुख्य सहरहरू धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ्ग, नेपालगञ्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ भने हेटौंडामा डिलर छनोटको प्रक्रिया सम्पन्न गरिसकेको छ । त्यस्तै कम्पनीले सानोपोखरास्थित ओम अटोमोबाइल्समार्फत विक्री सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।
कम्पनीका अनुसार नेपाली बजारमा ‘इमोला१५० एलेक्स’ स्कूटरको मूल्य ३ लाख ३० हजार रूपैयाँ कायम गरिएको छ । त्यस्तै ‘जीपी१ २५० एसआर’ को बजार मूल्य ६ लाख ५० हजार रूपैयाँ र ‘जीपी१ ३८०’ मोडलको बजार मूल्य ९ लाख ५० हजार रूपैयाँ कायम गरिएको छ ।
आकर्षक डिजाइनका साथै ईएफआई, टीएफटी, डिस्प्ले, सीबीएस (कम्बाइन्ड ब्रेकिङ सिस्टम), लिक्युड कुलेड इन्जिन र अन्य मास्टर अफ इन्जिनीयरिङहरू तारो ब्राण्डका मोटरसाइकल तथा स्कूटरको मुख्य विशेषता रहेको कम्पनीको भनाइ छ । उक्त विशेषतायुक्त मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकका लागि कम्पनीले अफरहरू पनि सार्वजनिक गरेको छ ।
विशेषगरी कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गरी यही आजदेखि वैशाख ३१ गतेसम्म लागू हुने गरी नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत तारो ब्राण्डका कुनै पनि स्कूटर खरीद गर्दा सिधै १५ हजार रूपैयाँ छूट पाइने छ । त्यस्तै जीपी२ २०० को खरीदमा २० हजार रूपैयाँ, जीपी१ २५० एसआरको खरीदमा २५ हजार रूपैयाँ र जीपी१ ३८० को खरीदमा ३० हजार रूपैयाँ छूट पाइने भएको छ ।
साथै कम्पनीले यस अवधिभर खरीद गर्नेमध्ये २ जना भाग्यशाली ग्राहकलाई लक्की–ड्रमार्फत बैंककको प्याकेज अफर गरेको छ ।
FACEBOOK COMMENTS