काठमाडौं । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७/७८ को नेपालकै सबैभन्दा उत्कृष्ट निर्यातकर्ता बन्न सफल भएको छ ।
उत्कृष्ट निर्यात गरेवापत राजधानीमा मंगलबार सम्पन्न निर्यात व्यवसायी महासंघको दोस्रो साधारणसभामा उक्त कम्पनीलाई सम्मान समेत गरिएको छ । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै महासंघले सम्मान गरेको हो ।
सो अवसरमा नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराईलाई सम्मानपत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् ।
नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजिङ गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत वर्ष २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो ।
नेपालसहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रसोधन उद्योग अर्जुनधारा नगरपालिका–८, झापामा अवस्थित छ । उद्योगमा भट्टराईसहितअन्य तीन जना व्यवसायीहरू सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी छ ।
एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।
यस्ता छन्, अन्य उत्कृष्ट निर्यातकर्ताहरू
साधारण सभाको अवसरमा महासंघले सम्मान प्रदान गरेको अन्य उत्कृष्ट निर्यातकर्ताहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट हरिप्रसाद भट्ट र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट निर्मल भट्टराई छन् ।
त्यसैगरी नेपालह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, होप्टा नेपालबाट अशोक मुरारका, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट भरतकुमार बस्ने र नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट तेन्जिङ शेर्पालाई महासंघले सम्मान गरेको हो ।
यो पनि पढ्नुहोस्–
निर्यात व्यवसायी महासंघको दोस्रो साधारण सभा सम्पन्न,उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान
निर्यात व्यवसायीलाई केपी ओलीको ढाडस : निर्वाचनपछि राम्रा दिन शुरू हुन्छन्, नआत्तिनुहोस्
पत्रकारहरूलाई एफएनसीसीआईका उपाध्यक्षको आग्रह– एडभर्टाइज नदिए पनि हाम्रा कुरा लेखिदिनुहोस्
निर्यातलाई व्यवसाय बनाउने व्यवसायी साहसिक र बहादुरी हुन् : उपाध्यक्ष श्रेष्ठ
FACEBOOK COMMENTS