काठमाडौं । वीरगञ्जमा रहेको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान सकिएको छ ।
अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
गत शुक्रबार अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले जनाएका छन् । कुल १ अर्ब १२ करोड ६५ लाख ५५ हजार २६ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
जसमा ३० व्यक्ति र ११ संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउनुपर्ने सुझाव प्रहरीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने प्रहरीकाे भनाइ छ । लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।
FACEBOOK COMMENTS