काठमाडौं । थानकोनको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिसोर्ट’को मान्यता पाएका छन् भने बनेपास्थित आगन्तुक रिसोर्टले ‘डिलक्स’ स्तरको मान्यता पाएको छ ।
उल्लेखित तीन वटाबाहेक देशभरका अन्य रिर्सोटको स्तर भने साधारण हुने भएको छ । पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारेस्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
विभागका अनुसार ‘साधारण’ स्तरमा रहेका रिर्सोटको संख्या ९९ वटा छ । यो स्तरमा पर्यटक स्तरका अधिकांश रिर्सोटहरु समेटिएका छन् । काठमाडौं, नगरकोट, धुलिखेल, पोखरा र सौराहाका स्तरीय रिर्सोटहरु यो सूचीमा अटाएका छन् ।
विभागले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलहरुको वर्गीकरणको मापदण्डका आधारमा रिर्सोट तथा होटेलहरुको वर्गीकरण गरेको हो ।
FACEBOOK COMMENTS