काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा पहिलो दिन नै माग भन्दा ५ गुणा बढी आवेदन परेको छ ।
१ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो । जसमा पहिलो दिन नै १० हजार २० आवेदकबाट ५ लाख ८९ हजार ८५० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको प्रतिसेयर ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गरेको छ ।
बुक–बिल्डिङ प्रक्रियाअनुसार योग्य संस्थागत लगानीकर्ताका बीच भएकोबोलकबोलमा ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सोही मूल्यमा १० प्रतिशतघटाएर अन्तिम मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ।
FACEBOOK COMMENTS