काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं जसपा नेता रेणुकुमारी यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।
नेपाली कांग्रेसका नेता रञ्जित कर्णले प्रहरीमा उजुरी दिएका छन् । मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता कर्णले आज जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्। मन्त्री यादवले गौरमा गत माघ ५ मा साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
मन्त्री यादवले सिके राउतविरूद्ध अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको भिडिओ क्लिप पनि कर्णले जाहेरीसँगै पेश गरेका छन् । मन्त्रीबाट यादवलाई बर्खास्त गर्न र कानुनअनुसार कारबाही गर्न माग गर्दै कर्णले जाहेरी दिएका हुन् ।
साथै कर्णले प्रमुख जिल्ला अधिकारी र प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मन्त्री यादवलाई कारबाही गर्न माग गरेका छन् ।
FACEBOOK COMMENTS