काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर १५ हजार ७३६ जनामा आरटी–पीसीआर गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी आज ८,०१७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३९ हजार २६७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ । यो कुल संक्रमितको ८९.१ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ५ जनाको मृत्यु तथा ४,४३३ जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५१ लाख ८५ हजार ७०४ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ९० हजार ५७६ जना आइसोलेसन र १४९ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS