काठमाडौं । नेकपा एमालेकी सांसद रिंगला यादवले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ को सीमासम्बन्धी अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा स्थानीयले सास्ती व्यहोर्नु परेको बताएकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको केही जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय सशस्त्र सीमा बल एसएसबीको गतिविधि सुस्ता क्षेत्रमा बढेको र नेपाली भूमिमै समस्या सिर्जना भएको विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । उक्त विषय सही भएको सांसद यादवको पनि दाबी छ ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिकाकी स्थानीय समेत रहेकी यादव समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।
सोमबार कर्पोरेट खबरसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले सीमा क्षेत्रमा अनावश्यक अन्योल र तनाव बढाएको बताएकी हुन् । सुस्तास्थित नेपाली भूमिमा एसएसबीको प्रवेश र गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै उनले सीमा क्षेत्रमा देखिएको समस्या समाधान नभएसम्म संसदभित्र र बाहिर सशक्त रूपमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् ।
सुन्नुहोस् कुराकानी–

