काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।
बैंकको हालका सीईओ रहेका रमेश अर्यालले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्यालको राजीनामा स्वीकृत गर्दै वरिष्ठ डेपुटी सीईओ खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कुमारी बैंकमा सीईओ रहेका खनाल एनसीसी बैंकसँग मर्ज भएपछि बरिष्ठ डेपुटी सीईओ रहेका थिए । उनी पेशाले चाटर्ड एकाउन्टेन्ट पनि हुन् ।
FACEBOOK COMMENTS