काठमाडौं । पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका एक प्रहरी अधिकरीका अनुसार बागलुङबाट पोखरा जाँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्डअन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोक्किएको हो ।
ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेहरूको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार एम्बुलेन्समा दुई जना बिरामी र एक जना आफन्त सवार थिए । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS