काठमाडौँ । राजसंस्था पक्षधरहरूले आफ्ना प्रदर्शनात्मक गतिविधि बढाउँदै लगेका छन् । गत फागुन २५ गते काठमाडौँमा हालसम्मकै ठूलो दाबी गरिएको प्रदर्शनपछि राजावादीहरूले आफ्नो सक्रियता थप बढाएका हुन् ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा रहेका बेला राजावादीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । शनिबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एक पटक राजा घोषणा गरौँ’ लगायत नारा लगाएका छन् ।
स्मरण रहोस्, पूर्वाराजा शाह आज गोरखामा छन् । उनले गोरखनाथ, गोरखकाली, मनकामना मन्दिरमा पूजाअर्चना गरेका छन् ।
यी पनि पढ्नुहाेस्-

‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’

‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’

‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’
FACEBOOK COMMENTS