काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ गते हुने आम निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ ।
यही फागुन २१ गते हुने उक्त निर्वाचनमा राप्रपाले दुईतिहाइ बहुमत हासिस गरेमा मुलुकको विद्यमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा फेरबदल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
घोषणापत्रमा उल्लेख गरिए अनुसार राप्रपाले राष्ट्रको अभिभावकीय संस्थाका रूपमा राजसंस्था राखेर राष्ट्रपति प्रणाली हटाउने, प्रदेश संरचना खारेज गर्ने, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना निर्माण गर्ने र गैरदलीय स्थानीय तह बनाउने प्रतिबद्धता अघि सारिएको छ ।
यस्तै वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार गर्ने तथा मुलुकलाई सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र बनाउने सङ्कल्प पनि अघि सारेको छ ।
सुशासनको मामिलामा बरु आफू सकिने तर भ्रष्ट कसैलाई पनि हुन नदिने नीति अघि सारिएको छ ।

यो पनि पढ्नुहोस्–

नेपाल समृद्धिका लागि राप्रपाले औंल्याएको ६ आधारस्तम्भ के–के हुन् ? (पूर्णपाठ)

राप्रपाले सार्वजनिक गर्यो घोषणापत्र
FACEBOOK COMMENTS