चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरू भएको हो ।
पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ समेत गर्ने बताइएको छ ।

FACEBOOK COMMENTS