काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसद र मन्त्रीहरूको लेवी तोकेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीको लेवी सम्बन्धी निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ ।
मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको बुर्लाकोटीले बताए ।