काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको सम्बोधन बहिष्कार गरेको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन सुरू गर्नुअघि नै रास्वपाले संसद बहिष्कार गरेको हो ।
सभामुखले प्रधानमन्त्री ओलीलाई सम्बोधनका लागि बोलाएसँगै रास्वपाका सांसदले नाराबाजी गर्दै संसद बहिष्कार गरेका हुन् ।
प्रधानमन्त्री ओली आजै २१ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेनको भ्रमणमा जान लागेका छन् ।
FACEBOOK COMMENTS