काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘प्रि–इलेक्सन’ मा सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवारकै नाम समानुपातिक सूचीबाट हटाएको छ ।
दलिततर्फ सबैभन्दा बढी मत पाएका केन्द्रीय सदस्य विजय जैरुलाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नराखेको हो । उनले १३ हजार १४३ मत प्राप्त गरेका थिए ।
पार्टीले निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीको उक्त क्लष्टरको पहिलो नम्बरमा रिमा विश्वकर्माको नाम राखेको छ । उनी उज्यालो नेपाल पार्टीबाट एकीकरण प्रक्रियामार्फत रास्वपामा जोडिएकी हुन् ।
त्यति मात्र होइन, आन्तरिक निर्वाचनमा सबै भन्दा बढी १८ हजार २२३ मत प्राप्त गरेका रमेश प्रसाईको नाम खस–आर्य पुरूषको सूचीमा पाँचौं नम्बरमा राखिएको छ भने खसआर्यको महिलातर्फ धेरै मत प्राप्त गरेकी रञ्जु दर्शनाको नाम दशौँ नम्बरमा राखिएको छ । यी दुवै उम्मेदवार प्रत्यक्षबाट पनि निर्वाचित हुनसक्ने अनुहार हुन् ।
पार्टीले प्राप्त गर्ने कुल मतको आधारमा विभिन्न क्लस्टर अनुसार निर्वाचित हुने हुनाले समानुपातिकमा कुन स्थानमा नाम छ भन्ने कुराले निर्वाचित हुने या नहुने अवस्था निर्धारण गर्दछ ।

रास्वपाले समानुपातिक उम्मेदवार तय गर्न अन्तरिम प्राइमेरी निर्वाचन नै गरेको थियो । नेपालमा अन्य कुनै दलले यस्तो प्रक्रिया नगरे पनि रास्वपाले आन्तरिक उम्मेदवार छनौटका विभिन्न प्रक्रिया तय गरेर अन्तमा निर्वाचन गरेको थियो ।

तर, आन्तरिक निर्वाचनमा लोकप्रिय मत पाएका उम्मेदवारहरू नै समानुपातिक सूचिको क्रम सङ्ख्यामा पछाडि राखिएपछि उक्त प्रक्रियाको औचित्यमा प्रश्न उठेको छ ।

सूची बुझाउने अन्तिम समयमा बालेन शाह र कुलमान घिसिङसँग भएको सहमतिका कारण रास्वपाले आफ्नो योजना अनुसारको सूची बनाउन नसकेको बुझ्न सकिन्छ तर आफ्ना सदस्यहरूको मतको सम्मान गर्दै धेरै मत प्राप्त गरेका उम्मेदवारको नाम शीर्ष स्थानमा नराख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

रास्वपाको ‘प्राइमरी इलेक्सन’ मा लोकप्रिय मत ल्याउनेहरू बन्दसूचीमा पछि धकेलिए
‘फ्री तिब्बत’ अभियानकी टासी ल्हाजोम रास्वपाको ‘प्रि इलेक्सन’मा निर्वाचित
FACEBOOK COMMENTS