काठमाडौँ । गुल्मीको रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।
गाईजात्रा पर्वको अवसरमा आइतबार गाउँपालिकाले एक सूचना जारी गरेर सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाभित्र सामाजिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने र यस क्षेत्रमा विशेष रूपमा मनाइने भएकाले गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।
जारी सूचनामा बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालयसहित अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थाहरू बन्द रहने उल्लेख छ ।
FACEBOOK COMMENTS