काठमाडौं । रुसको युक्रेनी सीमा नजिकै राजमार्गको पुल अचानक भत्किँदा रेलमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
रुसको आकस्मिक सेवाले दिएको जानकारीअनुसार दुर्घटना ब्रायन्स्क क्षेत्रमा भएको हो । भारी ट्रकहरूसँगै पुल भत्किएको थियो । यस दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन् ।
रुसको आपतकालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलमा फसेका मानिसहरूलाई खोज्ने प्रयास गरिरहेको बताएको छ ।
रुसी रेलवेले यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ ।
मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको बताएको छ ।
अधिकारीहरूले दुर्घटनाको समयमा रेल गुडिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोचहरू पटरीबाट खसेको बताएका छन् ।
FACEBOOK COMMENTS