काठमाडौँ । युरोपेली देशहरू रुस र युक्रेनबीच जारी युद्धमा रुसी सेनामा कार्यरत एक जना नेपाली मारिएका छन् ।
रोल्पाको सुनछहरी गाउँलिका–५ का पूर्ववडाध्यक्ष ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको मृत्यु भएको हाे ।
तिर्खबहादुर रुस गएको गत असोजमा १ वर्ष पूरा भएको थियो । उनी फागुनयता परिवारको सम्पर्कमा नरहेको बुझिएको छ ।
युद्धमा उनको मृत्यु भएको जानकारी पाएपछि परिवारले काजकिरिया सुरु गरेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा तिर्खबहादुर नेकपा (एमाले) बाट सुनछहरी–५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि एमालेले तिर्खबहादुरलाई नै पुनः वडाध्यक्षको उम्मेदवार बनाएको थियो । तर, उक्त निर्वाचनमा भने उनी पराजित भएका थिए ।
मृतक तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन् ।
FACEBOOK COMMENTS