काठमाडौं । सीआईबीको डीएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
अनिलले आफू सीआईबीको डिएसपी हुँ भनी जबरजस्ती करणीको मुद्दा मिलाइदिन्छु भनी ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ कमेरोटारबाट पक्राउ गरेको हो ।
उनीउपर ठगी गर्न नहुने सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS