काठमाडौं । आन्तरिक राजस्व विभाग (अर्थ मन्त्रालय) द्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार नुवाकोटकी सन्त माया तामाङले जितेकी छन् ।
नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट दसैंका लागि ३ हजार रुपैयाँको सामग्री खरिद गरेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो।
महाअष्टमीका दिन काठमाडौँको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकार द्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर सो बम्पर उपहारको कुपन नम्बर छनोट गरेका थिए।