काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरे प्रमुख सचेतक र सचेतकहरुसँग छलफलमा छन् ।
अहिले संसद भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरे प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आज बिहान ११ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक विपक्षी दलले गृहमन्त्रीको राजीनामा नआएसम्म चल्न नदिने अडान कायम राखेपछि अहिलेसम्म शुरु हुन सकेको छैन ।
आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका सत्ता गठबन्धनका नेताहरुको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने निष्कर्ष निकालेको छ ।
FACEBOOK COMMENTS