काठमाडाैं । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् ।
गत भदौ ५ गते साँझ करिब ४ देखि सवा ४ बजेको बीचमा निज पीडित भनिएकी किशोरीलाई आफूले फोन गरेको र कुराकानीकै बीचमा निजले फेरि भेट्न पटकपटक प्रस्ताव गरेको उनको भनाइ छ । बयानमा आफूले नगरकोट जान सम्भव नभएको बरु दरबारमार्गतिर गएर कफी खाउँ भन्दा निजले ‘मैले बिहानैदेखि नगरकोट जाने मुड बनाएको छु, लेट्स गो नगरकोट’ भनेको सन्दीपको भनाइ छ ।
सन्दीले बयानमा भनेका छन्, ‘मैले फेरि पनि आज सम्भव छैन, भोलि म गेम खेल्न केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होइन, मैले होस्टेलमा साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोटर गएर आउनुपर्छ भनी कर गरेको ग¥यै गरेपछि मैले खाजा खाएर फिता आउने शर्तमा निजको चित्त नदुखोस् भनि निजको कुरामा सहमत भई हामी दुवै जना नगरकोट गएका थियौं ।’
FACEBOOK COMMENTS