काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आजका लागि पेशी तोकिएको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा वैशाख २३ गते सुनुवाइका लागि परेको थियो । २३ गते उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।
त्यसको पेशी आजका लागि तोकिएको थियो । न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले त्यसअघि नै गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लामिछानेलाई दोषी ठहर्याएर आठ वर्षको जेल सजाय सुनाएको छ ।
FACEBOOK COMMENTS