काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ’क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटेल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई ’क्लब योजना’मा सफलता हासिल गर्न सफल बिमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि लक्षित गरिएको थियो।
उक्त विशेष कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरी देशका विभिन्न स्थानबाट आएका क्लब सदस्यता प्राप्त गर्न सफल बिमा सल्लाहकारहरूलाई न्यानो अभिवादन टक्राउनुका साथै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सप्रति देखाएको अगाध विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उनीहरूले पुर्याएको अतुलनीय योगदानप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरूप्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका बिमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीका डेपुटी सीईओ निराजन कँडेलले जीवन बिमामा आफू अन्तर्गतको टिमको महत्त्वका बारेमा बोल्दै टिममा बसेर काम र सहकार्य गर्दा सफलताउन्मुख भइने कुरा प्रस्तुत गरे।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी र कसमस क्लबका योजनाहरू प्रस्तुत गरेको छ। क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बिमाशुल्कको लक्ष्य तोकिएको हुन्छ।
तोकिएको लक्ष्य हासिल गर्न सफल बिमा सल्लाहकारहरू क्लबको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्। सबै क्लब सहभागीहरू तथा देशभरबाट वैयक्तिक कोड र टिम व्यवसाय अन्तर्गत उत्कृष्ट ३ मा पर्न सफल बिमा अभिकर्ताहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो।
२०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ कार्यक्रम सञ्चालिका रहेकी थिइन् भने चर्चित गायकरगायिका महेश काफ्ले र अस्मिता अधिकारी तथा हास्य कलाकारहरू मिस पबी र सुन्दर खनालले आफ्ना प्रस्तुतिहरू पस्कँदै कार्यक्रममा रौनक थपेका थिए। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बीच–बीचमा नृत्य कार्यक्रम पनि समावेश गरिएको थियो।
अन्तर्राष्ट्रिय र राष्ट्रिय अवार्डहरू प्राप्त गर्न सफल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बिमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २७ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा सक्रिय रूपमा कार्यरत रहेका छन्।