काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसदको बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
आजको बैठक सुरू हुनासाथ नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालगायत प्रतिपक्ष बेञ्चका सांसदहरू उठेर बैठक सञ्चालनमा अवरोध पुर्याएपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नुपर्ने बताएका थिए ।
यसअघि माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका थिए ।
आफूहरूको माग सुनुवाइ नगरे संसद चल्न नदिने उनीहरूको चेतावनी छ ।
संसदमा १५ गते बजेट प्रस्तुत गर्ने कार्यतालिका छ ।
FACEBOOK COMMENTS