काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो प्राङ्गण हल्चोक, काठमाडौंमा नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, “इन्फिनिटी फ्याबल्याब” (फ्याब्रिकेशन ल्याबोरेटरीज) को
उद्घाटन गरेको छ ।
उद्घाटन समारोहमा थ्रीडीआई स्कूल, न्यूजील्याण्डका अक्याडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको उपस्थिति रहेको थियो । उनले यस प्रयोगशालाको स्थापनालाई देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदमको रूपमा उल्लेख गरेका छन् ।
कार्यक्रममा सरकारी अधिकारीहरु लगायत विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव सुश्री प्रमिला देवी बज्राचार्यको उपस्थिति रहेको थियो भने वडा नं. १५की शिक्षा विभाग प्रमुख सुश्री मैया लक्ष्मी महर्जन र गीता माता स्रोत केन्द्र, वडा नं. १५ की स्रोत व्यक्ति डा.शर्मिला
पोखरेलको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय (केयू) का विद्यालयका प्रमुखहरु तथा अभिभावक प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
संस्कृति इन्टरनेशनल स्कुलमा नेपालकै पहिलो फ्याब ल्याबको स्थापनाले यस संस्थाको शैक्षिक आविष्कार र विश्वव्यापी शैक्षिक प्रवृतिहरूमा अग्रिम स्थानमा रहने प्रतिबद्धतालाइ हाईलाईट गरेको छ ।
FACEBOOK COMMENTS