काठमाडौं । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच खेल हुँदै छ । यो खेल नेपाली समयअनुसार दिउँसाे ३:४५ बजेदेखि सुरू हुँदै छ ।
जारी सिरिजमा स्कटल्याण्डले २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले नेपालविरुद्धको एक खेलमा हार बेहोरेको छ भने नेपाल र नेदरल्याण्ड्सविरुद्ध एक–एक जित हासिल गरेको छ ।
त्यस्तै, नेदरल्याण्ड्सले भने यस सिरिजमा आफ्ना तिनै खेलमा हार बेहोरेको छ । नेदरल्याण्ड्सले नेपालसँगका दुवै खेलमा हार बेहोरेको छ भने स्कटल्याण्डविरुद्ध पहिलो खेलमा हार बेहोरेको छ ।
त्यस्तै, सिरिजमा नेपालले खेलेका आफ्ना सबै चार खेलमा ३ जित र एक हार बेहोरेको छ ।
स्कटल्याण्ड र नेदरल्याण्ड्सले अहिलेसम्म १५ एकदिवसीय खेल खेलेका छन् । जसमा स्कटल्याण्डले ९ खेल जितेको छ भने नेदरल्याण्ड्सले ५ खेल जितेको छ । त्यस्ततै, एक खेलको नतिजा आएको छैन ।
लिग–२ को अङ्क तालिकामा नेदरल्याण्ड्सको २३ खेलमा २६ अङ्क रहेको छ र हाल दोस्रो स्थानमा छ । त्यस्तै, नेपालको भने १६ खेलमा १२ अङ्क भएको छ र हाल सातौँ स्थानमा छ ।
FACEBOOK COMMENTS