काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले सोमबार साधारण सभा सम्पन्न गरेको हो। बैंकको साधारण सभाले १०.३५ प्रतिशत लाभांश पारित गरेको छ ।
बैंकले चुक्ता पुँनी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९.५५ रुपैयाँ को ५.३५ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार ६२६.३० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) र ५ प्रतिशत अर्थात १७ करोड ७८ लाख १२ हजार ७८५।९८ रुपैयाँ बराबरको बोनस सेयर गरी कुल १०.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
लाभांश वितरण पश्चाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँ पुग्ने छ । साधारण सभाले आव०८१-८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा बैंक हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

FACEBOOK COMMENTS