काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आज जापानको टोकियोमा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतहरू’ विषयक अन्तरक्रिया कार्यक्रमा महासचिव पोखरेलले सबैले मिलेर मुलुक बनाउनुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले जापानमा बस्ने नेपालीले पनि मुलुक बनाउनका लागि योगदान गर्नुपर्ने बताए । महासचिव पोखरेलले आलोचनाले मात्र देश नबन्ने उल्लेख गरे । मुलुकमा लगानी गर्ने वातावरण वर्तमान सरकारले बनाइरहेको उनको भनाइ थियो ।
महासचिव पोखरेलले संविधान उत्कृष्ट भए पनि राज्य बलियो नहुँदा मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै प्रवासी नेपालीलाई मुलुकप्रति सकारात्मक धारणा बनाउन आग्रह गरे । “अर्थतन्त्रको आधारशिला कामदार हुन् । नेपालमा श्रमिकको सङ्ख्या धेरै छ । अब कानुनी सुधार र राजनीतिक सुधारको बाटोबाट अगाडि बढ्ने प्रत्यनमा छौँ ।”
FACEBOOK COMMENTS