काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १०० कित्ताका दरले ३९,५०,००० रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो । यस कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेको छन् ।
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS