काठमाडौं । साताको पहिलो दिन हिजो आइतबार १०५ अङ्कले घटेको नेप्से आज ८३ अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८३.३३ अङ्क (३.११%) नेप्से परिसूचक दुइृ हजार ७६० दशमलव ०२ विन्दुमा उक्लिएको छ ।
यसदिन नेप्सेका सबै सूचकहरूमा हरियाली छाएको छ ।
कूल ३४५ वटा कम्पनीको दुई करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर एक लाख २४ हजार ९३ पटक खरिदबिक्री हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो पनि पढ्नुहोस्–

सरकार शेयर बजारप्रति उदार छ, अफवाहप्रति सचेत बनौं : अर्थमन्त्री वाग्ले
