काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ५९.०२ अंकले घटेर २ हजार ५२९.३३ विन्दुमा आइपुगेको हो । बजार पछिल्लो समय निरन्तर घटिरहेको अबस्थामा आइतबार दोहोरो अंकले बढेको थियो । तर, बजार पुन: घटेपछि लगानीकर्ता झनै प्यानिक देखिएका छन् ।
उच्च अंकले घटेको बजारमा चारवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । गूडवेल फाइनान्स,समृद्धि फाइनान्स,एनआइसी एशिया फ्लेक्स क्याप फण्ड, इष्ट्रन हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२९ कम्पनीको १ करोड ३५ लाख कित्ता शेयर खरिद विक्रिहुँदा ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुनेकम्पनीमा नेपाल फाइनान्सरहेको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो ठुलो कारोबार गर्ने कम्पनीमा सिइडीबी हाइड्रो पावर कम्पनी रहेको छ । त्यस्तै,हिमालयन रिइन्स्योरेन्स कम्पनी, अपी पावर कम्पनी, र सानिमा माइ हाइड्रो पावर कम्पनीको ११ करोड ६२ लाख रुपैयाँदेखि १३ करोड ३९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
घटेको बजारमा पनि केही कम्पनीले राम्रो नाफा आर्जन गर्न सफल भएका छन् ।हिमालयन हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक,सिभिल बैंक डिबेन्जर, रवा इनर्जी डेभलपमेन्ट कम्पनीको ५.११ प्रतिशतदेखि ९.८४ प्रतिशतले बढेको छ । योदिन कारोबारमा आएका १३ वटै समूहकोसूचक घटेका छन् । सबैभत्न्दाधेरै घट्ने कम्पनीमा फाइनान्स उपसमूह रहेको छ । अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।
FACEBOOK COMMENTS