काठमाडाैं। धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज( नेप्से) ले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको बताएको छ ।
नेप्सेले सोमबार सामाजिक सञ्जालमार्फत् फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सक्ने पनि बताएको छ । साथै सूचनामा उसले यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्नसम्बन्धित सबैलाई अनुरोध गर्दछ भनिएको छ ।केहि दिनअघि मात्र अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेप्सेको स्थलगत भ्रमण गरेका थिए ।
सो क्रममा उनले सामाजिक सञ्जालमा बजार घट्ने वा बढ्ने प्रक्षेपण हुने गरेका कारण ३ हजार विन्दुमा पुगेको बजार २ हजार ५०० विन्दुमा किन झर्यो भन्दै यसबारेमा थप कदम चाल्न नेप्सेका पदाधिकारीलाई निर्देशनसमेत दिएका थिए ।