काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दोस्रो बजार कारोबार थप एक साता बन्द गर्ने जानकारी दिएको छ ।
वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर आउँदो असोज २ गते आइतबारसम्म कारोबार बन्द गर्न लागिएको नेप्सेले जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर नेप्सेले एक साता सेयर कारोबार नगराउने निर्णय गरेको बताएको छ ।
यस अघि जेनजी आन्दोलनका कारण भदौ २४, २५ र २६ गतेपनि शेयर कारोबार बन्द भएको थियो । अब सेयर कारोबार आगामी असोज ५ गतेदेखि मात्र हुने भएको छ ।
FACEBOOK COMMENTS