काठमाडाैँ । सातको दोस्रो दिन सोमबार नेप्से सूचक भारी अंकले घटेको छ । नेप्से परिसूचक ५१.३७ अंकले घटेर २ हजार ६३०.९१ विन्दुमा आइपुगेको छ । यो दिन फाइनान्स समूहका लगानीकर्ता सर्वाधिक निराश बन्न पुगेका छन् । यो समूहको सूचक ४.४१ प्रतिशतले घट्दा अन्य समूहको सूचक १ प्रतिशतदेखि ३.५छ प्रतिशतसम्मले घट्न पुगेको छ । कारोबारमा आएका १३ वटै समूहको सूचक घट्दा बजार दबाबमा देखिएको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०४ कम्पनीको १ करोड २६ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स कम्पनीको १२ करोड ७५ लाख रुपैयाँदेखि २६ करोड ४५ लाख रुपैयाँसम्मको कारोबार भएको छ । यो दिन कुथेली बुखरी स्मेल हाइड्रोपावर, जोशी हाइड्रो पावर, कुमारी सबल योजना, नेशनल हाइड्रोपावर,मन्दाकिनि हाइड्रोपावर कम्पनीको ३.९७ प्रतिशतदेखि १० प्रतिशतले बढेको छ। उच्च अंकले घटेको बजारमा जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स, नारायणी डेभलपमेन्ट,स्वाभिमान लघुवित्त वित्तीय संस्था, अपर सोलु हाइड्रो पावर कम्पनीको ५.७४ प्रतिशतदेखि ९.५८ प्रतिशतले घटेको छ ।