काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
उलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
आज बिहीबार पक्राउ परेका गोल्छाविरुद्ध सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले छुट्टाछुट्टै अनुसन्धान गर्ने बताइएको छ ।
हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष रहेका गोल्छालाई यसअघि स्थानहद तोकिएको बताइएको थियो ।
हिजो बुधबार राति भैरहवास्थित बुटवलको एक होटेलबाट पक्राउ गर्ने प्रयास गरिए पनि आफैं प्रहरी कार्यालयमा उपस्थित हुने सहमति गरिएको थियो । त्यसपछि प्रहरीको उच्च निगरानीमा रहेका उनलाइृ आज सीआईबीले पक्राउ गरेको हो ।

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित कानुनविपरीत कारोबारमा उनको संलग्नता रहेको आशंका गरिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ ।

