काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शिखर इन्स्योरेन्स कम्पनीले २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको नाफा २.४८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ११ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ५५ करोड १४ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कमिशनबाट हुने आय १.३६ प्रतिशतले बढेर ३३ करोड ५७ लाख ८१ हजार रुपैयाँ रहेको छ । २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ ।
FACEBOOK COMMENTS