काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहले नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरेको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । यसअघि पोखरा, बुटवल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ ।
‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित उक्त सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरे । मन्त्रीले नेपाली उत्पादनको प्रवर्द्धनको लागि सक्दो सहयोग गर्ने र नीतिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्त्वपूर्ण भूमिका निभाउने बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिए ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
साथै, विभिन्न व्यापारीक च्यानल मार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य वृद्धी हुने र यसले उत्पादक र उपभोक्ता दुबै पक्ष मारमा पर्ने भएकाले सामूहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्दछन् । सातदोबाटो नेपाली जुत्ता घरमा वि।एफ डियर हिल र वि। एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, कस रोड शुज, डि।जे। शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन् ।
उद्योगीहरुको यस समुहद्धारा आगामी दिनमा देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गरायो । साथै, देशको दिगो आर्थिक विकासका लागि आफ्नै देशको श्रम तथा सीपलाई प्रयोग गरेर देशमा नै रोजगारी सृजना गरिरहेका यस्ता प्रकारका उद्योगहरुको विकास विस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको छ ।
FACEBOOK COMMENTS