काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स्प्रालि बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिब प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेभएका छन ।
यो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र,सिद्धार्थ केयरमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS