काठमाडौं । भारतीय कमेडियन कपिल शर्माको चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ मा नवजोत सिंह सिद्धुको पुनरागमन भएको छ ।
नेटफ्लिक्सले एक प्रोमो जारी गर्दै सिद्धुको कमब्याकको जानकारी दिएको हो ।
जुन २१ देखि शुरु हुन लागेको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा सिद्धुले कमब्याक गरेका हुन् ।
नवजोत सिंह सिद्धू कपिल शर्मा र अर्चना पूरन सिंहसँग ‘द ग्रेट इन्डियन कपिल शो’ सिजन ३ को प्रिमियर जुन २१ मा नेटफ्लिक्समा हुने भएको छ । यस सिजनमा दुई जजको अद्वितीय ढाँचा प्रस्तुत गरिनेछ, जसमा सिद्धू र अर्चना दुवै जजको कुर्सीमा बस्ने बताइएको छ ।
कपिल शर्माले सिद्धुको पुनरागमनमा भनेका छन्- ‘म सिद्धू पाजीलाई अर्चना जीसँगै परिवारको हिस्सा बनाउन पाउँदा धेरै उत्साहित छु र सबै चुटकुले, शायरी र मस्तीको आनन्द लिनेछु ।’
यस सिजनमा सुपरफ्यानहरूलाई स्टेजमा आफ्नो प्रस्तुति दिने अवसर दिइने छ भने उनीहरुले शो मा आउने कलाकारहरूसँग अन्तर्क्रिया समेत गर्ने अवसर पाउने छन् । यस शोमा कपिल शर्मा र दुई जज अर्चना र सिद्धुका अलावा सुनील ग्रोवर, कृष्ण अभिषेक र किकु शारदा लगायतका कलाकारहरू रहेका छन् ।
‘द ग्रेट इन्डियन कपिल शो’ सिजन ३ जुन २१ देखि नेटफ्लिक्समा विशेष रूपमा प्रसारण हुने छ ।
FACEBOOK COMMENTS