काठमाडौँ — खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गर्ने भएको छ ।
स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रूपमा बजारमा उत्रिने निर्णय गरेको बताएको छ ।
रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको कम्पनीको दाबी छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा कुनै परिवर्तन नगरिएको कम्पनीले बताए । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदै छ ।
नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकसाथ परिवर्तन गर्न लागिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS