काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मौसममा आएको परिवर्तनसँगै तराई–मधेशमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रचण्डले मौसममा आएको परिवर्तनका कारण समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गरेका छन् ।
प्रचण्डले प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन् ।
FACEBOOK COMMENTS