काठमाडौं । भोटेकोसी बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि सोल्टी होटल एण्ड रिसोर्टले एक करोड एक लाख रूपैयाँ सहयोग गरेको छ ।
सोल्टी होटलका अध्यक्ष दिनेश बहादुर विष्ट र उपाध्यक्ष सुदर्शन चापागाइँले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रप्रतिको दायित्व र बाढीपीडितहरूको द्रुत र सुरक्षित पुनस्र्थापनाका लागि सहयोग प्रदान गरिएको सोल्टीले जनाएको छ । ’’यो कटिन घडीमा सोल्टी होटल एण्ड रिसोर्ट पीडितहरूको साथमै छ ।
उहाँहरूको यथाशीघ्र पुनस्र्थापनामा सहयोगका लागि हाम्रोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ,’’ सोल्टीले भनेको छ ।सामूहिक प्रयत्नबाटै विपद्पीडितको पुनस्र्थापना र उद्धार संभव हुने सोल्टीको भनाइ छ ।