काठमाडौँ । सामाजिक सञ्जाल बन्द भएपछि पत्रकारहरूले विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले दर्ता नभएको बहानामा सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भन्दै विरोध गरेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलमा आइतबार भेला भएर पत्रकारहरूले विभिन्न कुरा लेखिएको प्लाकार्डसहित प्रदर्शन गरेका हुन् ।
सरकारले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै दर्ता नभएका सामाजिक सञ्जाल गत बिहीबारदेखि बन्द गरेको छ ।
सामाजिक सञ्जाल बन्द हुँदा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गर्दै पत्रकारहरूले सरकारलाई दबाब दिएका हुन् ।
FACEBOOK COMMENTS