काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
शनिबार (आज) केन्द्रिय तथ्याङ्क विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्याङ्क संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
FACEBOOK COMMENTS