काठमडौं । ज्योति विकास बैंक लिमिटेडले भक्तपुरको राधेराधेस्थित ‘सिग्मा डाइग्नोस्टिक लेबोरेटरी’ मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरू ‘दुसित थानी हिमालयन रिसोर्ट’ मा १५% र ‘हिमालय दृश्य रिसोर्ट’ मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
FACEBOOK COMMENTS